नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना : अध्यक्ष दाहाल

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २८ गते ७:४५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताएका छन् ।

नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा उनले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाबाट जनताले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीजस्ता उपलब्धि प्राप्त गरेको बताए। उनले भने, ‘नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलन भएकाले जनयुद्धमा धेरै ठूलो जनताको सहभागिता भएको थियो । हामीले जनताको अधिकारको निम्ति भएको युद्धको नेतृत्व गयौं र धेरै हदसम्म जनताका अधिकार स्थापित गराउन सफल भयौँ ।’

भेटका क्रममा उच्च शान्ति परिषद्की उपप्रमुख एवं पूर्वमन्त्री डा हबिबा साराबीले अफगानिस्तानमा शान्ति प्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको बताएकी थिईन्। उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेकोसमेत बताईन् ।

सो अवसरमा भ्रमण दलका सदस्यले नेपालमा सशस्त्र द्धन्दको क्रममा हतियारको स्रोत, पूर्वजनमुक्ति सेनासँग भएको हतियारको अवस्था र व्यवस्थापन तथा शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयको काम कारवाहीबारे पनि जिज्ञासा राखेका थिए । टोलीले शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमासमेत छलफल गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।रासस

२०७५ भदौ २८ गते ७:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर