क्यालिफोर्नियामा गोली चल्यो, पाँच जनाको हत्या

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २८ गते ८:०६

लस एन्जलस । अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर बुधबार पाँच जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नै श्रीमतीको पनि हत्या गरी आत्महत्या गरेका छन् ।

क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको गोलीकाण्डलाई प्रहरीले घरेलु हिंसाको रुपमा व्याख्या गरेको छ । कर्न काउन्टीका प्रहरी अधिकृत मार्क किङले अपराह्न ५.१५ बजे गोली चलेको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।

हत्यामा संलग्न व्यक्तिले ट्रक व्यवसायीको हत्या गरेपछि श्रीमतीको हत्या गरेका थिए । उक्त गोलीकाण्डका प्रत्यक्षदर्शीलाई पनि ती व्यक्तिले लखेट्दै हत्या गरेका थिए । गोली लागेर तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको छ । प्रहरीले पीडितहरुको नाम सार्वजनिक गरेको छैन ।

बन्दुकसँग सम्बन्धित हिंसाका घटना दिनहुँ भइरहने अमेरिकामा यो पछिल्लो गोलीकाण्ड हो । पछिल्लो अध्ययनमा अमेरिकाको जनसंख्या विश्वको कूल जनसंख्याको करिब चार प्रतिशत मात्र छ तर करिब ४० प्रतिशत बन्दुक अमेरिकी जनताका हातमा छ ।

स्मल आम्र्स सर्भेका अनुसार, नागरिकका हातमा विश्वभर करिब ८५ करोड ७० लाख बन्दुक छ र त्यसमध्ये ३९ करोड ३० लाख थान बन्दुक अमेरिकी नागरिकसँग रहेको छ ।

२०७५ भदौ २८ गते ८:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर