निर्मलाका आमाबुवा पत्रकार सम्मेलनमा डाको छोडेर रोए, न्याय दिन नसके गोली ठोक! (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २८ गते १२:४९

काठमाडौं । निर्मलाका बुबा यज्ञराजका अनुसार आन्दोलनका क्रममा निर्मलाको शव मेयरको आगनमा लगिएको थिएन । प्रधानमन्त्री स्वयंले झुटो बोलेकोमा निर्मलाका बाबुको दुखेसो छ।

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका बाबु आमाले न्याय नदिने भए गोली ठोकर मार्न भनेका छन् । छोरीका बलात्कारी र हत्यारालाई करवाही गरी न्याय दिन माग गर्दै काठमाडौ आएका निर्मला पन्तका बाबु यज्ञराज पन्त र आमा दुर्गा देवी पन्तले राजधानीमा पत्रकार सम्मेलन गरी पीडितलाई न्याय दिनुको सट्टा झन् पीडा दिएको बताए ।

पत्रकार सम्मेलन छोरी माथि घटेको घटनाको विस्तर गर्ने क्रममा पन्तका बाबु यज्ञराज पन्त भक्कानिए, बोल्दा बोल्दै उनको गलानै अवरुद्ध बन्न पुग्यो । निर्मला पन्तका बाबु आमा दुबै जनाले न्यायको लागी काठमाडौँ सम्म आइपुगेको भन्दै न्याय दिलाउन सरकार सँग माग गरे । न्याय दिन नसक्ने भए आफुहरुलाई पनि गोली ठोकेर मार्न सरकारसँग माग गरेका छन् ।

उनीहरूले घटनाका दोषीलाई कारवाहीको दायरमा ल्याउनुको सट्टा प्रहरी प्रशासनले निर्दोषलाई यातना दिएर घटना स्वीकार गर्न लगाएको र न्याय माग्दा निर्दोषलाई गोलि ठोकेको भन्दै आक्रोश पोखे । कार्यक्रममा मानवअधिकारकर्मी पुष्पराम पौडेलले ५० दिन सम्म पनि घटनाको सत्यतथ्य बाहिर नआउनुमा प्रहरीको पनि घटनामा हात छ भन्ने संकेत गर्ने बताए ।

उनले शङ्कास्पद अन्य व्यक्तिको पनि डीएनए परिक्षण गर्नुपर्ने बताए । यस्तै महिला अधिकारकर्मी शारदा चन्दले प्रहरीले घटनाका दोषीलाई सार्वजनिक गर्नुको सट्टा न्याय माग्दै हिँडेका आफूहरूको सुराकी गर्दै हिँडेको भन्दै असनतुष्टी जनाइन्। उनले पीडित बालिकाका बुबा आमा र आफूहरूको समेत राज्यले सुरक्षाको जिम्मेवारी लिनुपर्ने बताइन्।

अर्का अधिकारकर्मी माया नेगीले बलात्कार पछि हत्या भएको घटनाका प्रमाण नस्ट गर्नेलाई पनि कारवाही गर्नुपर्ने बताइन्। महिला अधिकारकर्मी मीन भण्डारीले सरकारलाई यस्तो जघन्य अपराधमा संलग्नलाई लुकाउनुपर्ने के त्यस्तो बाध्यता आइलाग्यो भन्दै प्रतिप्रश्न गरिन्।

उनले कञ्चनपुरमा न्याय पाउन नसकेपछि राजधानी आएको भन्दै न्याय नपाए सम्म नर्फकिने बताइन् । न्याय दिन सक्दैन भने केपी ओली नेतृत्वको सरकार जनतालाई नचाहिएको पनि उनले बताइन्।

बम दिदीबहिनीमाथि छानबिन हुनुपर्छ भन्ने माग मात्र आफूहरुको भएको उनले बताए । तर, प्रधानमन्त्री स्वयंले ‘तिनीहरु अविवाहित छन्, उनीहरु पनि इज्जत छ । समाज सभ्य हुनुपर्छ’ भनेको भन्दै निर्मलाका बाबु यज्ञराजले रुँदै भने, ‘दोषी यिनी हुन् भनेर हामीले कहिल्यै भनेका छैनौं।

२०७५ भदौ २८ गते १२:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर