नरेन्द्र मोदीले गरे प्रमुख प्रतिपक्षी काङ्ग्रेसको कडा आलोचना

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २८ गते १३:०८

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गरेका छन् । काङ्ग्रेसप्रति बिहीबार निकै आक्रामक देखिएका मोदीले काङ्ग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका खेल्न नसकेको आरोप लगाए ।

आफ्नो दल भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै उनले गत चार बर्षमा काङ्ग्रेसले राम्रो प्रतिपक्षीको भूमिका खेल्न असफल भएको टिप्पणी गरे।

प्रधानमन्त्री मोदीले काङ्ग्रेसले आफ्नो कार्यकालमा राम्रा काम गर्न नसकेको तर अहिले भइरहेका राम्रा कामहरुको पनि अनावश्यक आलोचना गरेको तर्क गरे।

आउँदो बर्ष सन् २०१९ मा भारतमा आम निर्वाचन हुन लागेकाले प्रधानमन्त्री मोदी विपक्षीप्रति बढी आक्रामक देखिन थालेका छन् । भारतमा आगामी निर्वाचनमा पनि प्रधानमन्त्रीको पार्टी भारतीय जनता पार्टी र प्रमुख विपक्षी दल भारतीय काङ्ग्रेसकाबीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

२०७५ भदौ २८ गते १३:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर