दीपाश्रीका लागि दीपकले लिए तीजको व्रत ? (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २८ गते १४:४४

काठमाडौँ। दशैँबाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘छक्का पन्जा ३’ले कन्सर्टको आयोजना गरेको छ । हिजो हरितालिका तीजको अवसर पारेर गौशाला स्थित पशुपति क्षेत्रमा ‘छक्का पन्जा ३’ निर्माण टिमले तीज विशेष कन्सर्टको आयोजना गर्यो । जहाँ लिड कलाकार सहित फिल्मसँग सम्बन्धित गायक गायिकाले सयौँ दर्शकमाझ आफ्नो प्रस्तुती दिए ।

फिल्मको प्रचारात्मक कार्यक्रममा तीज व्रतको क्रममा पशुपति मन्दिर दर्शनको लागी पुगेका तथा रमझममा झुमेका उपस्थित दर्शकहरू मज्जाले झुमे । अभिनेता दिपकराज गिरी, निर्देशक दीपाश्री निरौलाले ठुम्का लगाउँदा दर्शकले सँगसँगै कम्मर मर्काएर साथ दिएका थिए भने साङ्गीतिक रुपमा गायक निशान भट्टराई, नविन पौडेल लगायतले आफ्नो स्वरमा प्रस्तुती पस्केका थिए ।

गायन, नृत्यसँगै हास्यव्यङ्ग्य प्रस्तुतीले दर्शकलाई घण्टौँसम्म ‘छक्का पञ्जा ३’ टिमले मनोरञ्जन प्रदान गरेको थियो । गत वर्ष तीजमा दिपा व्रत बसेकोमा यो पटक दीपकले आफू व्रत बसेको सुनाए । सोही क्रममा गरिएको एक अन्तर्वार्तामा दिपालाई उनको भदैनी र दीपक मध्ये कसको माया धेरै भनेर सञ्चारकर्मीले गरेको प्रश्नमा दिपकको काखमा रहेकी दिपाकी फागुश्रीलाई हेर्दै दीपाले भदैनीको माया धेरै भनेकी थिइन् ।

यस्तै दीपाको विवाहको बारेमा परिवारलाई गरिएको प्रश्नमा उनको दिदीले बिहे गरेको भए दीपाले यो स्तरको सफलता चुम्न नसक्ने प्रतिक्रिया दिइन् ।

थप रमाइलो कुराकानी भिडियोमा हेर्नुहोस्ः

२०७५ भदौ २८ गते १४:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर