सुँघेपछि भुक्न थाल्यो कुकुर, जमिनमुनि खनेर हेर्दा…

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २८ गते १५:१५

ब्युनस आयर्स (एजेन्सी)। अर्जेन्टिनामा केही समयअघि एउटा निकै रहस्यमय घटना भयो। यहाँका एक किसान कुकुरलाई लिएर खेतमा घुम्दै थिए।

उनको कुकुरले एक ठाउँमा जमिन सुँघ्यो र भुक्न थाल्यो । उनले पुलिसलाई खबर गरे। जमिन खन्दै जाँदा निकै रहस्यमय वस्तु निस्कियो । यसलाई देखेर सबैले फरक फरक अनुमान गर्न थाले। पुरातत्वविद्लाई खबर गरियो त्यसपछि थाहा भयो २ टनको यो वस्तु एक ग्लिप्टोडोन नामको जनावरको अवशेष थियो। यो जनावर पृथ्वीमा १० हजार वर्ष पहिले पाइन्थ्यो।

ब्युनस आयर्सका उक ािसान जोस एन्टोनियो निवेश क्रिसमसको विदामा आफ्नो खेतमा घुम्दै जाँदा यो रहस्यमय वस्तु भेटेका थिए। सुरुमा उनलाई लाग्यो कि यो डायनोसरको अण्डा थियो । तर, कसैले पनि सही अनुमान गर्न सकिरहेका थिएनन्।

यही बीचमा कसैले पुलिसलाई खबर गरिदिए। पुलिसले पनि यसबारे केही बुझ्न सकेन । त्यसपछि पुरातत्वविद्लाई बोलाइयो। पुरातत्वविद्ले केही समयको अनुसन्धानपछि यो निष्कर्षमा पुगे कि यो वस्तु ग्लिप्टोडोनको अवशेष थियो।

२०७५ भदौ २८ गते १५:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर