सलमानको खराब बानीसँग डराएर प्रियंकाले ‘भारत’ भारत छाडेको खुलासा !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २९ गते १०:१०

एजेन्सी । प्रियंका चोपडाले सलमान खानसँग गर्ने भनिएको फिल्म भारत छोडेको डेढ महिना भइसकेको छ । तर, यसको कारणका विषयमा अनुमान गर्ने सिलसिला भने चलिरहेको छ । अब यो विषयमा नयाँ कुरा खुलेको छ । रिपोर्टका अनुसार प्रियंकाले यो प्रोजेक्ट सलमान खानकै कारण छोडेकी खुलासा भएको छ । पछिल्लो समय सलमान हरेक काममा ढिलासुस्ती गर्छन् र प्रियंका सलमानको यही बानीसँग डराएकी थिइन् । प्रियंकालाई डर थियो कि भारतमा काम सुरु गरिसकेपछि सलमानको ढिलासुस्तीका कारण फिल्म तोकिएको समयमा सुटिङ पूरा नभएमा उनका हलिउड प्रोजेक्टलाई नोक्सानी हुन सक्छ ।

प्रियंकालाई अरु हिरोइनभन्दा पहिले भारतको लागि अफर गरिएको थियो । त्यसपछि दिशा पटानी र तब्बु पनि स्टारकास्टमा जोडिए । जब यी दुई हिरोइन फिल्ममा थपिए त्यसपछि नै प्रियंकाको मन फेरिएको थियो । उनलाई लागिरहेको थियो कि दिशा र तब्बुका कारण उनले स्क्रिनमा कम स्थान पाउनेछिन् । प्रियंका हलिउडको अनुशासित र प्रोफेशनल वातावरणमा काम गरिसकेकी थिइन् । यस्तोमा सलमानको ढिलासुस्ती गर्ने बानी उनलाई मन परेन र उनी फिल्मबाट बाहिरिइन् ।

२०७५ भदौ २९ गते १०:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर