चिप्लो सडकबाट मिनीबस खोँचमा खस्यो, १५ जनाको मृत्यु, १९ जना घाईते

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २९ गते १३:१४

भारत, श्रीनगर । भारतको काश्मिर राज्यमा शुक्रबार भएको मिनीबस दुर्घटनामा १५ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका छन्।

पहाडी चिप्लो बाटोमा यात्रुहरु लिएर गइरहेको मिनीबस गहिरो खोचमा झरेको प्रहरीले जनाएको छ।

प्रान्तीय राजधानी श्रीनगरबाट २१७ किलोमिटर दक्षिणको किसत्वार जिल्लामा सो दुर्घटना भएको थियो। घटनास्थलबाट १५ जनाको शव निकालिएको र १९ जानलाई घाइते अवस्थामा अस्पताल लगिएको उपप्रहरी निरीक्षक अंग्रेज सिंह रानाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन्।

प्रहरीको एक समूह र विपद् नियन्त्रण बलका सदस्यहरु उद्धारमा खटिएका थिए। दुर्घटनाको कारण तत्काल प्रष्ट नभएको र अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

२०७५ भदौ २९ गते १३:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर