बलात्कारी र जघन्य अपराध गर्नेलाई कडा कारवाहीको माग गर्दै नयाँ शक्तिको प्रर्दशन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २९ गते १३:४३

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले बढ्दो हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ।

बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलगायतका पीडित परिवारलाई तत्काल न्याय दिन माग गर्दै नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म -यालीसहितको विरोध प्रर्दशन गरेको हो।

बढ्दो हत्या, हिंसा र बलात्कारमा संलग्न अपराधिलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्न सडक आन्दोलन गर्नु परेको पार्टीकी नेतृ दुर्गा सोबले जानकारी दिए।

प्रर्दशनीमा महिला र बालबालिकामाथि हुने बलात्कार, हत्या लगायतका जघन्य अपराधको घटना हुन नदिन प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारी विरुद्ध चर्का नाराबाजी पनि गरिएको थियो।

२०७५ भदौ २९ गते १३:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर