वीर अस्पतालको उपकुलपति छनौंट प्रक्रियाको विरोधमा सरकारी चिकित्सक

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २९ गते १६:०१

काठमाडौँ । सरकारी चिकित्सक संघ, नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकूलपति छनौंट प्रक्रियामा असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ।

स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको आशंका गर्दै त्यसविरुद्ध सरकारी चिकित्सक संघ, नेपालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको हो।

स्वास्थ्य सेवामै लागि रहेकाहरुलाई उपकूलपति नियुक्त नगर्ने गरी सरकारले छनौट प्रक्रिया अघि बढाएपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए।

संघले स्वास्थ्य सेवामा कामै नगरेका र नजिकबाट अनुभव संकलन नगरेका चिकित्सकलाई उपकूलपतिमा सिफारिस गरिए न्यायोचित नहुने ठहर गरी स्वास्थ्य सेवाका बहालवाला चिकित्सकलाई नै उपलकूलपति नियुक्ती गर्न माग गर्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई गत आईतबार नै ज्ञापन पत्र बुझाई सकेको छ।

मुलुकको एक मात्रै पूरानो सरकारी अस्पताल वीर अस्पतालमा उपकूलपति नियुक्ती गर्ने विषयलाई हल्का रुपमा नलिन पनि संघले सरकारलाई चेतावनी दिँदै आएको छ। स्वास्थ्य सेवामा कार्यरत चिकित्सकलाई मात्रै उपकूलपति बनाउन गरिएको आग्रह बेवास्ता गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने संघको चेतावनी छ।

२०७५ भदौ २९ गते १६:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर