समय सीमा भित्रै विकास निर्माणको काम सक्न प्रधानमन्त्री ओलीको निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३० गते १०:१०

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले निर्माण व्यवसायीलाई तोकिएको समय भित्रै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिँदा सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा गरे। शनिबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी संगठन एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीहरुको काँधमा आएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न लागिपर्न पनि निर्माण व्यवसायीलाई सचेत गराए। प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।

प्रधानमन्त्री ओलीले सरकारले मुलुकको आर्थिक उन्नतिका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि बताए। उनले सरकारले राम्रो कामको शिलशिला सुरु गरेको उल्लेख गर्दै अव त्यसले गति लिने बेला आएको दावी पनि गरे। प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक उन्नतिका लागि सरकारले राष्ट्र हित अनुकूल हुने गरी वैदेशिक लगानी भित्र्याउने योजना बनाएको स्पष्ट पारे।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा प्रतिवद्ध भएर लाग्न निर्माण व्यवसायीहरुलाई आग्रह गरे। उनले निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न पार्टी र सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउन आफ्नो कामलाई निर्माण व्यवसायीहरुले गुणात्मक ढंगले अघि बढाउनुपर्ने खाँचो पनि औंल्याए।
अध्यक्ष दाहालले निर्माण व्यवसायमा देखिएका समस्या समाधान हुनेगरी सरकारले कानुन निर्माणको कामलाई अघि बढाउने आश्वासन पनि दिए।

२०७५ भदौ ३० गते १०:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर