कुकुरकै लागि सुविधा सम्पन्न रेस्टुरेन्ट !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३० गते १०:४७

एजेन्सी । कुकुरका लागि सुविधा सम्पन्न रेस्टुरेन्ट! सुन्दा पनि अचम्म लाग्ने यो खबर हाम्रै छिमेकी देश भारतको हो । त्यहाँको मुम्बईस्थित अन्धेरी भन्ने ठाउँमा कुकुरकै लागि भनेर सुविधा सम्पन्न रेस्टुरेन्ट खोलिएको छ । जसको नाम पेट्स इमोसन्स फुड एन्ड एभरिथिङ हो ।

उक्त रेस्टुरेन्टमा कुकुरका लागि विशष प्रकारका खानेकुरा उपलब्ध छन् । त्यत्ति मात्रै हैन, उक्त रेस्टुरेनटमा कुकुरका लागि अन्य खेल्ने र समय बिताउने सुविधा पनि प्रशस्तै छ ।

कुकुरका लागि विशेष सेवा दिइने यस रेस्टुरेन्टमा सेवा लिने मानिसकै हकमा लाग्ने नियम छ । त्यो के भने, कुकुरकै लागि भनेर बनाइएको यो रेस्टुरेन्टमा कुकुरलाई सुविधा दिन विभिन्न वस्तु सजाइएको हुन्छ । त्यसैगरी, कुकुरलाई उनीहरूको मालिकसँग बसेर खान सजिलो होस् भनेर बेग्लै कुर्सीको पन व्यवस्थासमेत गरिएको हुन्छ ।

खबरका अनुसार अहिले उक्त रेस्टुरेन्टमा दैनिक ४ सय वटासम्म कुकुरले खाना खान्छन् । बिदाका दिन कुकुर बढी यो रेस्टुरेन्ट जाने भएकाले अग्रिम बुकिङ गराए मात्रै त्यहाँ खाना पाइन्छ ।

यस रेस्टुरेन्टमा कुकुरका लागि जन्मदिन पार्टी मनाउने पनि व्यवस्था छ । उक्त रेस्टुरेन्टमा कुुकुरले खान मन पराउने परिकार भनेको रिसोटो नामको खानेकुरा हो । यो एक मेक्सिकन डिस हो ।

सञ्चालकले कुकुरको खाना र उनीहरूलाई खेल्न तथा आराम गर्न विशेष धयान दिइने हुनाले अहिले रेस्टुरेन्टको व्यापार पनि बढ्न थालेको बताएका छन् ।

२०७५ भदौ ३० गते १०:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर