विरोधीलाई अरिङ्गाल झै झम्टिन कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३० गते ११:३९

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओलीले सरकार विरुद्ध अपवाह फैलाउनेलाई अरिङगाल झै एकताबद्ध भएर झम्टिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी एकतालाई कमजोर पार्न देशी, विदेशी प्रतिक्रियावादीहरू लागि परेको दावी गर्दै त्यसबाट सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

पोष्टबहादुर बोगटी चौथो स्मृति दिवसको अवसर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बोगटी जस्ता महान योद्धाको सपनालाई पूरा गर्न पार्टी एकतालाई सुदृढ ढंगले निष्कर्षमा पुर्याए अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले पार्टी एकतालाई कमजोर बनाउन दुई अध्यक्षबीच अन्तरविरोध चर्काउने कोसिस भईरहेको भन्दै त्यस्ता प्रयासलाई असफल बनाउने दावी पनि गरे ।

कार्यक्रममा बोल्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई सुदृढ गराउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उजले नेपाली जनताको आशालाई पूरा गरेर मात्रै नेता बोगटीको सपना साकार पार्न सकिने पनि स्पष्ट पारे ।

कार्यक्रममा अध्यक्षद्धय ओली र दाहालले बोगटीले नै दुई पार्टीबीचको एकताको आधार तयार पारेको भन्दै उनको सपनालाई साकार पार्न देश र जनताको पक्षमा अधिकतम काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

नेता बोगटीको २०७१ साल भदौं ३० गते हृदयघातका कारण ६२ वर्षको उमेरमा निधन भएको थियो । तत्कालीन माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष रहनु भएका बोगटीले राष्ट्रिय राजनीतिमा इमान्दार र जनताप्रति प्रतिवद्ध नेताको छबी बनाएका थिए ।

२०७५ भदौ ३० गते ११:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर