काठमाडौंको एक होटलबाट एक लाख घुससहित ९ जना प्रहरी पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३० गते १४:४३

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका ९ जना प्रहरी घुस खाएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनीहरुलाई एक लाख रुपैयाँ घुस खाएको आरोपमा पक्राउ गरेको हो।

अख्तियारको विशेष टोलीले दुई जना असई, तीन जना हवल्दार र चार जना सिपाहीको समुहलाई एक लाख रुपैयाँ घुससहित बानेश्वर क्षेत्रको एक होटलबाट रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन्।

स्रोतको जानकारी अनुसार उनीहरुमाथि बालुवाखानी सञ्चालकसँग धम्क्याएर एक लाख रुपैयाँ उठाएको आरोप लागेको छ। आरोपित प्रहरीलाई अख्तियारकै हिरासतमा राखेर अनुसन्धान गरिनेपनि प्रवक्ताले बताएका छन्।

उनीहरुले बालुवाखानी संचालकसँग लिएको रकम भागबन्डा गरीसकेका थिए। सबैभन्दा बढी रकम असई श्रेष्ठको साथबाट ३० हजार रकम बरामद भएको छ।

२०७५ भदौ ३० गते १४:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर