भारतीय सेनाले देखाए यस्तो चर्तिकला, चौतर्फी विरोध

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३० गते १५:१४

एजेन्सी । भारतीय सेनाको एक कदमले उसेको जताततै विरोध भएको छ । भारतीय सेनाका जवानले काश्मिरमा मारेका एक आतंकवादीको शव सडमा घिसारेको तस्वीर सार्वजनिक भएसँगै त्यसको विरोध भएको हो ।

तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि भारतस्थित विभिन्न मानवअधिकारवादी तथा राजनीतिक दलले त्यसको विरोध गरेका छन् ।
हालै काश्मिरमा गरिएको एक अप्रेसनमा ३ जना आतंकवादी मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो अप्रेसनमा १२ जना सुरक्षाकर्मी पनि घाइते भएको जनाइएको छ । अप्रेसनपछि प्राप्त आतंकवादीको एक शवलाई सेनाका जवानले सडकमा घिसारेमा थिए ।

त्यसको विरोध कश्मिरका विभिन्न दलले गरेका छन् । उनीहरुले सेनाको यो हर्कत लज्जास्पद भएको बताएका छन् । उनीहरुले मरिसकेको मानिसलाई सम्मान गर्नपर्नेमा सेनाले गैरमानवीय काम गरेको बताएका छन् ।

उनीहरुले यस्तो गतिविधिले मर्नेको परिवारमा पीडा थपेकोसमेत बताएका छन् ।

२०७५ भदौ ३० गते १५:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर