पानी जहाज दुर्घटनामा परी दशको मृत्यु, १२६ को उद्धार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३० गते १५:१७

जाकार्ता । इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अरु १२६ जनालाई भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्।

‘केएम फुङका पेर्माटा’ नामक पानी जहाज दक्षिणी पूर्वीसुलवेसीको बाउबाउबाट बनगाई भन्ने ठाउँतर्फ गइरहेको बेला मध्यइन्डोनेसियाको सागुमा दुर्घटना भएको हो । यातायात मन्त्रालयका प्रवक्ता बामबाङ इर्भानले पानी जहाजमा आगलागी भएपछि जहाज पानीमा पल्टिएको जानकारी दिए ।

उद्धारकर्ताले दुर्घटना भएको जहाजलाई शनिबार बिहान बनगाई बन्दगाहमा अवतरण गराएको पनि उनले बताए । इन्डोनेसियामा बेला बेलामा भइरहने यस्ता पानी जहाज दुर्घटनामा परी बर्षेनी सयौँको मृत्यु हुनेगरेको छ।

२०७५ भदौ ३० गते १५:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर