बाबुराम भट्टराईलाई हत्यारा भन्दै अमेरिकामा कालो झण्डा देखाइयो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३१ गते ३:३८

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई अमेरिकामा कालो झण्डा देखाइएको छ। उनलाई अमेरिकाको डालस टेक्सासमा भएको एक कार्यक्रममा केही व्यक्तिहरुले ‘मडरर गो ब्याक’ भन्दै कालो झण्डा देखाएका हुन्।

कालो झण्डा देखाउने व्यक्तिहरुले हातमा केही प्ले कार्ड समेत लिएर उपस्थित थिए। उनीहरुले कालो झण्डा देखाउँदै ‘नेपालका छोराहरुलाई मार्ने’, ‘कयौंलाई विधुवा बनाउने मडरर गो ब्याक’ भन्दै नारा समेत लगाए।

संयोजक डा बाबुराम भट्टराई गत भदौं २६ गते मंगलबार करीब एक महिना लामो प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा उनले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एशियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। डा. भट्टराई आगामी असोज २२ गते स्वदेश फर्किने छन्।

२०७५ भदौ ३१ गते ३:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर