निर्मला पन्तको घटनामा संलग्न अपराधीले उन्मुक्ति पाउदैन : मन्त्री पोखरेल

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३१ गते ११:१८

काठमाडौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको घटनामा संलग्न अपराधीले उन्मुक्ति नपाउने बताएका छन् । आईतबार काठमाडौमा सञ्चारिका समूहको सातौँ अधिवेशन तथा २२ औ साधारणसभा उद्घाटन गर्दे उपप्रधानमन्त्री पोखरेलले कञ्चनपुर घटनाको अनुसन्धान भईरहेको भन्दै घटनामा संलग्न अपराधीले उन्मुक्ति नपाउने बताएका हुन ।

उनले उक्त घटनालाई कारवाहीको दायरामा ल्याउन केहि समय लागेपनि कोहि दोषी उम्कन नपाउने समेत बताए । राज्यले गर्ने अनुसन्धानमा गम्भीरताको कमी भएको आरोपको खण्डन गर्दे पोखरेलले राज्य गम्भीर भएर लागेको दाबी गरे ।

उनले मुलुक स्थायीत्वतर्फ अघि बढिरहेका बेला महिला हिंसाको घटना बढ्नुले प्रश्न खडा भएको धारणा पनि राखे । उनले सामाजिक घटनालाई राजनीतिक रंग नदिन आग्रह पनि गरे ।

कार्यक्रममा सञ्चारीका समानता पुरस्कार २०७४ सन्त गाहा मगर , स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कार २०७४ गीता कुवरलाई प्रदान गरिएको थिययो । त्यसैगरि सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४ शिल्पा कर्ण र बर्षा शाहलाई प्रदान गरिएको थियो ।

२०७५ भदौ ३१ गते ११:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर