श्रीमानले राखेको नाम मन नपरेपछि श्रीमतीले गरिन् सम्बन्धविच्छेद

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३१ गते ११:३६

एजेन्सी। अमेरिकामा एक महिलाले आफ्ना श्रीमानसँग यत्ति कारणले सम्बन्धविच्छेद गरिन् किनकि उनलाई आफ्ना श्रीमानले दिएको ‘निकनेम’ निकै नराम्रो लाग्यो । महिलालाई पतिले आफ्नो त्यस्तो निकनेम राखिदिएकोबारे थाहा थिएन । एक दिन उनले आफ्ना पतिको मोवाइलमा उनका साथहिरुसँगको च्याट पढेपछि बल्ल आफूलाई नाम राखिदिएकोबारे थाहा पाइन् । पतिले उनको लागि जो शब्द लेखेका थिए त्यो देखेर उनी निकै रिसाइन् । उनलाई त्यो शब्द निकै अपमानजनक लागेपछि उनले सम्बन्धविच्छेद गरिन् ।

महिलाले आफ्नो लाइफ स्टोरी एक सोसल मिडिया साइटमा राखेकी छिन् । उनले आफ्नो पहिचान नखुलाउँदै लेखेकी छिन् जतिबेला उनले पतिलाई छोडिन् त्यतिबेला उनका छोरा मात्रै २ वर्षका थिए । छोरा जनिमएपछि नै उनीहरुको सम्बन्ध बिग्रिएको थियो । एक दिन बिहान पति नुहाउँदै थिए त्यही बेला उनको मोवाइलमा लगातार म्यासेज आउन थाल्यो । म्यासेजको आवाज सुनेपछि महिलालाई लाग्यो कुनै जरुरी म्यासेज नछुटोस्, त्यसैले उनले मोवाइल हेरिन् । उनले देअिन् कि उनीहरुको ग्रुप च्याटमा उनका साथीहरुको म्यासेज आएको थियो जो अघिल्लो रातको मदिरा पार्टीको विषयमा कुरा गरिरहेका थिए ।

अघिल्लो रात उनका पनि निकै ढिलो घर फर्किएका थिए र बिहान उठ्नेबित्तिकै पत्नी र छोरासँग कुरै नगरी बाथरुम छिरेका थिए । म्यासेज पढेपछि थाहा भयो कि उनका पति अघिल्लो रात साथीहरुसँग ड्रिंक पार्टी गरिरहेका थिए । ग्रुप च्याटको म्यासेज पढेपछि महिला निकै चिन्तित भइन् । उनलाई सबैभन्दा नराम्रो त उनको लागि उनका पतिले राखिदिएको नाम लाग्यो । उनका पतिले जवाफ दिँदै लेखेका थिए ‘उनले ड्रिक्स यसकारण लिन सकेनन् किनकि SWMBO ले उनलाई पिउन दिँदैनथिन् । म्यासेजमा SWMBO ती महिलाको लागि नै लेखिएको थियो जसको अर्थ ‘SHE WHO MUST BE OBEYED’ अर्थात ऊ जसको हरेक आदेश मान्नुपर्छ । – Dcnepal

२०७५ भदौ ३१ गते ११:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर