एकदिवसीय क्रिकेट : अफगानिस्ताविरुद्ध नेपालको शानदार जीत

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३१ गते ११:४१

काठमाडौं। नेपाली युवा क्रिकेट टोलीले अफगानिस्तानविरुद्ध शानदार विजय हासिल गरेको छ । भारतमा जारी युवा एकदिवसीय सिरिजमा नेपाल अण्डर १९ टिमले अफगानिस्तान अण्डर १९ लाई २५ रनले पराजित गरेको हो । लखनयको एकना इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।

पहिले ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो हुन सकेन । ७ रनको स्कोरमै ३ विकेट गुमाएको नेपालको इनिङ लोकेश बम र सन्दिप जोराले सम्हाले । यद्यपि नेपालको नियमित विकेट जाने क्रम जारी थियो । पवन सर्राफले ७८ रनको नटआउट इनिङ र बलर राशिद खानले २४ रनको इनिङ खेलेपछि नेपालको स्कोर केही उकासिएको थियो । नेपालको लागि सन्दिप जोराले २८ रनको योगदान दिए । नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानको इनिङ पनि सम्हालिन सकेन । ओपनर रियाज हसनले ३८ रन बनाउँदा अर्को इण्डबाट विकेट गयो । तेस्रो क्रममा ब्याटिङ गर्न आएका कप्तान इजाज अहमद मेहरान क्रिजमा जम्दा अर्को इण्डबाट ओपनर ओपनर रियाज नै आउट भए । त्यसपनि कप्तान मेहरान टिकेर खेले पनि अर्को इण्डबाट लगातार विकेट झर्दै जाँदा अफगानिस्तानको इनिङ सम्हालिन सकेन । अब्दुल रहमान रहमानीले ३७ रन बनाए पनि अन्य ब्याट्सम्यानको उल्लेख्य प्रदर्शन हुन नसक्दा अफगानिस्तान ४७.४ ओभरमा १६४ रनमै अलआउट भयो ।

नेपालको लागि सागर ढकालले ४ विकेट लिए । कमल सिंह ऐरी र राशिद खानले दुई दुई विकेट लिँदा पवन सर्राफले एक विकेट लिए । यसअघि पहिलो इनिङमा अफगानिस्तानको लागि नाविद मोहम्मद कपिरले ३ विकेट लिए । आरिफ खान दौलतजाइ र अबिद मोहमदीले दुई दुई तथा उस्मान गनी र समिउल्लाह जवादले एक एक विकेट लिए ।

२०७५ भदौ ३१ गते ११:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर