निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण : डीआईजी धीरु बस्नेतको नेतृत्वमा छानविन समिति गठन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३१ गते १२:००

काठमाडौं। नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन गर्न डीआईजी धीरु बस्नेतको नेतृत्वमा छानविन समिति गठन गरेको छ।

घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी निलम्बनमा परेपछि नेपाली प्रहरीले डीआईजी बस्नेतको नेतृत्वमा छानविन समिति गठन गरेको हो।

समितिमा यसअघि गठित समितिका संयोजक एसएसपी उत्तम सुवेदी र एसएसपी नरेश शाही सदस्य छन्। समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ अधिकृतलाई सदस्य तोकिएको छ।

२०७५ भदौ ३१ गते १२:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर