बलिउड स्टार गोविन्दाकी छोरीको सुन्दरता काठमाडौंको सभागृहमा फक्रियो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३१ गते १२:२८

काठमाडौं। बलिउडका स्टार अभिनेता गोविन्दा एलजी सिने सर्कल अवार्डमा सहभागी हुन छोरीसँग काठमाडौं आएका छन् । शनिबार दिउँसो काठमाडौँ आइपुगेका उनी आज सभागृहमा भइरहेको एलजी सिने सर्कल अवार्डमा सहभागी छन् । राष्ट्रिय सभागृहमा आइतबार हुने एलजी सिने सर्कल अवार्डमा सहभागी हुन गोविन्दा काठमाडौँ आइपुगेका हुन्।

गोविन्दा छोरी टीना आहुजासँग कार्यक्रममा सहभागी भएका छन् । बलिउड हिरोइनसमेत रहेकी उनकी छोरी टीना कार्यक्रममा आकर्षणको केन्द्र बनिन् । मिडियाले पनि लगातार उनलाई पच्छ्याइरहेका थिए । कार्यक्रममा सहभागी हुने क्रममा टीनाले मिडियाका लागि पोज दिन समेत भ्याइन् ।

दिनेश डिसीको परिकल्पनामा हुँदै आएको एलजी सिने सर्कल अवार्ड वितरण समारोहमा गोविन्दले सहभागिता जनाएका छन् । उक्त अवार्डमा २०७४ सालको वैशाखदेखि चैत्र मसान्तसम्म रिलिज गरिएका नेपाली फिल्मलाई समेटिए छ र लाइफटाईम अचिभमेन्टसहित २३ विधामा अवार्ड प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। अवार्डका लागि यसअघि नै मनोनयन सार्वजनिक गरिसकिएको छ। एलजी सिने सर्कल अवार्डले यसवर्ष निर्देशक किशोर रानालाई लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गर्ने भएको छ।


२०७५ भदौ ३१ गते १२:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर