दशैँका लागि असोज ५ गतेबाट अग्रिम टिकेट बुकिङ खुला
आजको खबर | प्रकाशित : २०७५ भदौ ३१ गते १२:३५
काठमाडौं । असोज ५ गतेबाट दसैंका लागि अग्रिम टिकेट बुकिङ खुल्ने भएको छ । सरकार र यायायात व्यावसायीबीच आज सहमति भएपछि अग्रिम टिकट बुकिङ खुलाउने मिति तय भएको छ।
सवारी भाडा बढाउने विषयमा यातायात व्यवसायीको सरकारसँग ‘बार्गेनिङ’ नमिलेपछि दशैंका लागि अग्रिम ‘टिकट बुकिङ’ खुल्ने मिति तय हुन सकेको थिएन।
दसैंको मुखमा व्यवसायीले अनुचित माग राखेपछि यसअघि भदौ २५ गतेदेखि खोल्ने भनिएको अग्रिम टिकट बुकिङ खुल्न नसकेको हो। छतमा समान राख्न पाउनु पर्ने, वैज्ञानिक भाडा दर लागु गर्नु पर्ने, सडकको भौतिक संरचनामा सुधार गर्नु पर्ने लगायतका माग व्यवसायीले अघि सारेका थिए।
२०७५ भदौ ३१ गते १२:३५ मा प्रकाशित