दशैँका लागि अग्रिम टिकट बुकिङ शुक्रबारदेखि खुल्ने

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते १:०१

काठमाडौं । असोज ५ गते (शुक्रबार)बाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।

सरकार र यायायात व्यावसायीबीच आइतबार सहमति भएपछि अग्रिम टिकट बुकिङ खुलाउने मिति तय भएको छ। सवारी भाडा बढाउने विषयमा यातायात व्यवसायीको सरकारसँग ‘बार्गेनिङ’ नमिलेपछि दशैंका लागि अग्रिम ‘टिकट बुकिङ’ खुल्ने मिति तय हुन सकेको थिएन।

दसैंको मुखमा व्यवसायीले अनुचित माग राखेपछि यसअघि भदौ २५ गतेदेखि खोल्ने भनिएको अग्रिम टिकट बुकिङ खुल्न नसकेको हो। छतमा समान राख्न पाउनु पर्ने, वैज्ञानिक भाडा दर लागु गर्नु पर्ने, सडकको भौतिक संरचनामा सुधार गर्नु पर्ने लगायतका माग व्यवसायीले अघि सारेका थिए।

२०७५ असोज १ गते १:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर