अटो रिक्सा दुर्घटनामा महिलाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते १:१२

सुर्खेत । बराहताल गाउँपालिका– ८ सुर्खेत हुर्केस्थित भे १ ह १९३७ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका– १ सुर्खेत बस्ने ७१ वर्षीया गङ्गादेवी रम्जाली मगरको मृत्यु भएको हो । बडिचौर सुर्खेतदेखि वीरेन्द्रनगर आउने क्रममा अनियन्त्रित भई अटोरिक्सा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकी रम्जाली मगरको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारका क्रममा आईतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।

सुर्खेतकै ३२ वर्षीय चन्द्रा रोकामगर र उहाँका नौ वर्षीया छोरी शर्मिला रम्जाली मगर घाइते भएको प्रवक्ता चौधरीले बताए ।

अटोरिक्सासहित पञ्चपुरी नगरपालिका– ८ सुर्खेत भई वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएका चालक भीमबहादुर रम्जाली मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।रासस

२०७५ असोज १ गते १:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर