यस्तो अवस्थामा लसुनको सेवन हानिकारक

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते ३:४७

लसुनलाई हामी स्वादको लागि प्रयोग गर्छौ, तरकारीमा । लसुनले स्वाद मात्र बढाउँदैन, यसको आफ्नै छुटै गुण छ, जसले औषधिको समेत काम गर्छ । फाइदाहरु मसलाको रुपमा प्रयोग गरिने लसुनको औषधीय गुण अनेक छन् । बिहान खाली पेटमा मन तातो पानीसँग लसुन सेवन गर्दा उच्च रक्तचाप जस्ता दीर्घरोग नियन्त्रण हुने बताइन्छ ।

लसुनमा एन्टि ब्याक्टेरियल, एन्टी भाइरल र एन्टी फंगल गुण हुन्छ । यद्यपि सबै अवस्थामा लसुन फाइदाजनक हुँदैन । कतिपय अवस्थामा लसुन सेवन गर्दा त्यसले नकारात्मक असर गर्छ । त्यसैले आफ्नो शारीरिक अवस्था अनुसार लसुनको प्रयोग गर्नेकी नगर्ने भन्ने कुरा थाहा पाउनुपर्छ ।

१. एसिडिटी, छाती पोलेमा, पेटको अल्सर तथा पखाला जस्ता समस्यामा लसुनको प्रयोग बन्द गर्नुपर्छ । लसुनले यस्ता समस्यालाई अझ बढाउन सक्छ ।

२. रक्तअल्पता (एनिमिया) का बिरामीका लागि पनि लसुनको सेवन हानिकारक हुनसक्छ । यस्तो अवस्थामा लसुनको सेवनले हेमोग्लोविनको मात्रालाई कम गर्न सक्छ, जसलाई चिकित्सकीय भाषामा हीमोलाइटिक एनिमिया समेत भन्ने गरिन्छ ।

३. यदि तपाईँलाई न्यून रक्तचाप वा लो९व्लडप्रेसरको समस्या छ भने लसुनको प्रयोग सकिन्छ भने त गर्दै नगरौँ, सकिदैन भने पनि न्यून मात्रामा मात्र गरौँ । किनकी यसले रक्तचापलाई अझ न्यून बनाउँछ । जबकी उच्च रक्तचाप भएका व्यक्तिका लागि लसुन निकै उपयोगी बन्न सक्छ । यसले उच्च रक्तचापलाई न्यून गर्न मद्दत गर्छ ।

४. गर्भावस्थामा लसुनको प्रयोग पनि हानिकारक हुनसक्छ, किनकी लसुन गरम प्रकृतिको हुने भएकोले यसले गर्भमा रहेको शिशुलाई हानी पुर्‍याउन सक्छ ।

५. यदि तपाई कुनै किसिमको शल्यक्रिया नगर्ने सोचमा हुनुहुन्छ भने त्यतिबेला पनि लसुनको प्रयोग हानिकारक हुनसक्छ । किनकी लसुनले रगतलाई पातलो बनाउँछ, जसले गर्दा शल्यक्रियाका क्रममा अधिक रगत बग्ने सम्भावना खतरा बढी हुन्छ ।

२०७५ असोज १ गते ३:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर