सिटी एक्सप्रेसको ९० दिने ‘लखपति एक्सप्रेस’ योजना सार्वजनिक

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते ५:१२

काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि.ले दशैं, तिहार तथा छठको अवसरमा ९० दिने ‘लखपति एक्सप्रेस योजना’ ल्याएको छ । यो योजना असोज १ गतेदेखि सुरु भई मंसिर २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनालाई रु १००,००० उपहार प्रदान गरिने छ ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२ बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२,००,००० जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि योग्य हुनेछन् र उनीहरुलाई पनि बम्पर उपहारमा सामेल गरिनेछ ।

असोज १ गते देखि मंसिर २९ गते सम्म सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना मार्फत जम्मा ११२० जना उपभोक्ताहरु विजेता हुनेछन्। यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने कम्पनीले जनाएको छ ।

२०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो । यस कम्पनी विप्रेषण व्यवसाय समूहमध्ये अग्रस्थान ओगट्न सफल समेत भएको छ । यस रेमिटान्स कम्पनीले आफ्नो व्यवसायका साथ साथै विभिन्न धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा आवद्ध भै सहयोग प्रदान गरेको कुरालाई नेपालको परिप्रेक्ष्यमा अति प्रशंसनीयएवं अनुकरणीय मानिएको छ ।

२०७५ असोज १ गते ५:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर