जङ्गली हात्तीको आक्रमणबाट पर्सामा एक महिलाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते ६:३७

पर्सा । पर्साको ठोरी गाउँपालिकामा गएराति हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले अक्रमण गर्दा नुवाकोट घर भई गाउँपालिका–३ विजय बस्तीको खाजा पसलमा काम गर्ने वर्ष २३ की रजिना वाइबाको मृत्यु भएको हो ।

पसलबाट कोठातर्फ जाने क्रममा हात्तीले गरेको आक्रमणमा परेर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । मृतक वाइबाको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भइरहेको छ ।

पर्सा वन्यजन्तु आरक्षबाट आहाराको खोजीमा ठोरी गाउँपालिकामा राति आउने हात्तीको आक्रमणमा परी वर्षेनी पाँचजना बढीले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।रासस

२०७५ असोज १ गते ६:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर