असोज तीनलाई ‘कालो दिवस’ का रुपमा नमनाउन फोरमको निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते ६:४८

काठमाडौं। संधिवानप्रति असन्तुष्टि जनाउँदै करिव ६ महिनासम्म मधेसमा नाकाबन्दी गर्न मुख्य भूमिका निर्वाह गरेको संघीय समाजवादी फोरम नेपालले संविधान जारी भएको दिनलाइ कालो दिवसको रुपमा नमनाउने भएको छ।

संघीय समाजवादी फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा संविधान संशोधनका माध्यमबाट संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेका गल्ती कमजोरीलाई सच्याउन आफू र सरकारमा सहभागी भएका दलबीच सहमति भएको भन्दै पार्टीको कालो दिवस मनाउने कुनै कार्यक्रम नरहेको भन्दै त्यस्ता कार्यक्रममा सहभागी नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

वर्तमान सरकारमा फोरम नेपाल सहभागी भएको छ। सरकारमा सहभागी भएर संविधानको विरोध गर्न नसुहाउने भन्दै फोरमले संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा नमनाउने निर्णय गरेको एक नेताले जानकारी दिए।

फोरम संविधान संशोधन गर्ने लगायतका तीन बुँदे सहमति गरेर सरकारमा सहभागी भएको थियो। यसअघि फोरमले संविधान जारी भएको दिन असोज तीन गतेलाई कालो दिवसको रुपमा मनाउँदै आएको थियो।

दुई नम्बर प्रदेश सरकारले भने संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउने भन्दै विरोधका कार्यक्रममा मन्त्री खटाउने निर्णय गरिसकेको थियो। तर फोरमको यो निर्णयपछि विरोधका कार्यक्रम हुने नहुने अन्यौल बढेको छ। दुई नम्बर प्रदेशमा पनि फोरम नेतृत्वको सरकार छ।

२०७५ असोज १ गते ६:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर