पहिरोमा पुरिएर महिलाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते १०:०६

बलेवा,-बागलुङको बडिगाड खोलामा ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । ढुङ्गा लागेर अर्घाखाँची घर भएकी ३५ वर्षीया बिबिरन खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

खातुन भीमगिठेतर्फ जान लाग्दा ढुङ्गाले लागेको थियो । सो ठाउँमा लगातार पहिरो खसिरहेको छ । पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । यात्रु बाटोमै अलपत्र छन् । शनिबार राति तुरतुरेको पहिरो खस्दा बडिगाड खोला थुनिएर ठूलो ताल बनेको छ ।

२०७५ असोज १ गते १०:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर