प्रधानमन्त्री ओली र बलिउड अभिनेता गोविन्दाबीच बालुवाटारमा भेटघाट

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते ११:०३

काठमाडौं । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन काठमाडौं आएका भारतीय अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै गई गोविन्दाले आज बिहान प्रधानमन्त्री ओली सँग भेटवार्ता गरेका हुन ।

प्रधानमन्त्रीसँगको भेटमा गोविन्दाकी छोरी टिना पनि साथमा थिइन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन छोरी टिना आहुजासहित नेपाल आएका अभिनेता गोविन्दाले सोमबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

भेटमा के कुरा गरे भन्ने बारे समेत खुलाइएको छैन । गत शनिबार काठमाडौँ आएका गोविन्दाले हिजो पशुपतिनाथ मन्दिरमा १ लाख ५६ हजारको विशेष पूजा गरेका थिए ।

२०७५ असोज १ गते ११:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर