साउदी अरबमा अदक्ष नेपाली कामदारलाई पनि फाइदा

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते ११:१६

निर्मला घिमिरे

काठमाडौं। वैदेशिक रोजगारका लागि साउदी जाने अदक्षकामदारलाई अब फाइदा हुने भएको छ। साउदीमा कार्यरत नेपाली कामदारको न्युनतम तलब बढेसँगै अदक्ष कामदारलाई समेत फाइदा पुग्ने भएको हो । श्रम तथा रोजगार मन्त्री गोर्कण विष्टको प्रस्तावलाई गत शुक्रबार मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेपछि साउदीमा रहेका अदक्ष कामदारलाई पनि फाइदा पुगेको हो।

यस अगाडि साउदीमा कार्यरत नेपाली कामदारको न्युनतम ज्याला ८ सय रियाल र खाना भत्ता २ सय रियाल थियो । यस व्यबस्थालाई परिमार्जित गर्दै मन्त्री विष्टले साउदीमा कार्यरत नेपाली कामदारको न्युनतम पारिश्रमिक पुनरावलोकन गरेको मन्त्रालयले जनाएको छ।

अब साउदीमा कार्यरत नेपाली कामदारको न्युनतम ज्याला ११ सय रियाल र खाना भत्ता बापत ३ सय रियाल रहने व्यबस्थाबारे मन्त्रालयमा छलफल भएको छ । यस व्यबस्था अनुसार साउदीमा कार्यरत अदक्ष कामदारलाई फाइदा पुग्ने देखिन्छ।

सरकारले साउदी जाने कामदारको लागि खान, बस्न औषधि उपचार, आउने जाने हवाइ टिकट , यातायात खर्च समेत रोजगारदाता कम्पनीले गर्नुपर्ने व्यवस्था गरेको छ । साउदी जाने नेपाली कामदारहरुमा अदक्ष, अर्धदक्ष, दक्ष तथा व्यबसायिक कामदारको लागि नै न्युनतम ज्यालामा नयाँ व्यबस्था गरिएको छ।

वैदेशिक रोजगारीको लागि साउदी जाने अदक्ष नेपाली कामदारको संख्या निकै ठूलो छ । साउदी नेपाली कामदारको गन्तव्य रोजगार स्थल बन्दै गइरहेको छ। गत साउन महिनामा मात्रै ६ हजार भन्दा बढी नेपाली कामदार साउदीका लागि अन्तिम श्रम स्वीकृत लिएको विभागको तथ्यांकले देखाएको छ ।

२०७५ असोज १ गते ११:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर