देवर भाउजूबीच अवैध सम्बन्ध, जव पतिले थाहा पाए………….

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते ११:३६

एजेन्सी। अवैध सम्बन्धलाई लिएर हत्या भएको समाचार सार्वजनिक भएको छ । यो घटना भारतको राजधानी दिल्लीको दिरयागंजको हो । हत्या गर्ने अरु कोही नभएर उनकै श्रीमती हुन् । आरोपी महिलाका अनुसार उनले आफ्ना श्रीमानको हत्या देवरको सहयोगमा गरेकी थिइन् । जहाँ एक महिलाले आफ्ना श्रीमान हुँदाहुँदै आफ्ना देवरको प्यारमा पागल भइन्।

देवर भाउजूबीच अवैध सम्बन्धको सुरुवात त्यतिबेला भयो जतिबेला उनका श्रीमान राजेशको अनुपस्थितिमा देवर भाउजूबीच अवैध सम्बन्ध हुने गरेको खुलेको छ। उनीहरुको सम्बन्ध यति बलियो बन्यो की उनीहरु मिलेर राजेशको हत्या नै गरे। प्रहरीका अनुसार राजेशलाई आफ्नी श्रीमती र भाइबीच भएको अवैध सम्बन्धका विषयमा जानकारी भएको थियो। त्यसपति उनी निकै चिन्तित थिए।

श्रीमतीको यस्तो घृणित कामका कारण उनीहरुबीच दैनिक झगडा हुन्थ्यो । तर, श्रीमतीलाई के थाहा थियो भने श्रीमान जिवित हुँदासम्म देवरसँगको सम्बन्धलाई अगाडि बढाउन सकिँदैन थियो । यही कारण उनले देवरसँग मिलेर श्रीमानको हत्या गरिन् । उनले गम्छाले घाँटी बाँधेर श्रीमानको हत्या गरेकी थिइन्।

गत २३ अगस्टमा शान्ति वन ट्राफिक सिंग्नलमा प्रहरीले एउटा शव बरामद गर्यो। खोजविन गर्दा मृत्यु भएको मानिसको गोजीबाट मोबाइल र आधार कार्ड फेला पर्यो। आधारकार्डका कारण उनको पहिचान राजेशका रुपमा भयो। मोबाइल चेक गर्दा अनिता नामकी व्यक्तिको फोन सबैभन्दा धेरै आएको थियो। प्रहरीले अनितासँग सम्पर्क गर्यो त्यसपछि उनी राजेशकी श्रीमती भएको थाहा भयो।

२०७५ असोज १ गते ११:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर