‘ठग’ म्यानपावर व्यवसायीमाथि आक्रामक बन्दै विप्लव समुह, अवैध धन्दा चलाउनेलाई कारबाही !

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते १२:४९

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी धन्दा गर्ने म्यानपावर व्यवसायी विरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आक्रामक हुँदै गएको छ।

भ्रष्टाचार तथा विकृतिका विरुद्ध पछिल्लो समय अभियाननै चलाइरहेको विप्लव नेकपा पछिल्लो समय म्यानपावर व्यावसायी माथि खनिदै गएको हो। विभिन्न प्रलोभनमा पारि युवा युवतीलाई अवैध तरिकाले वैदेशिक रोजगारमा पठाई ठगी धन्दा संचालन गर्ने पोखराको सृजनाचोक स्थित लक्की म्यानपावर कम्पनी माथि पछिल्लो समय नेकपाले एक्सन लिएको छ।

उक्त म्यान पावरका संचालक रसबहादुर गुरुङलाई नेकपाले कालो मोसो दलेर कारबाही गरेको हो । म्यानपावर कम्पनीमा पुगेका विप्लव कार्यकर्ताले म्यानपावर संचालक गुरुङलाई कालो मोसो दलेर कारबाही गरेका हुन। सो म्यानपावर कम्पनीमा तालाबन्दी समेत गरिएको छ।

कारवाही पश्चात विप्लव निकट योङ्ग रेड फोर्सका नाममा जारी ५ बुँदे कारण सहितको पर्चामा गुरुङले बिना इजाजत अवैध रुपमा म्यानपावर संचालन गर्दै दर्जनौँ युवाहरूलाई विदेशमा अलपत्र पारेको, सेक्युरिटी कम्पनीको नाममा म्यानपावर धन्दा चलाएको आरोप लगाइएको छ। त्यसैगरी महिलाहरूलाई दिल्लीको बाटो हुँदै खाडी मुलुकमा बेचबिखन गरेको गम्भीर आरोप समेत सोही पर्चामा लगाइएको छ।

२०७५ असोज १ गते १२:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर