त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा सौर्य एयरको जहाजमा चरा ठोक्किएपछि…

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते १३:२७

मोरङ । आज सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ। काठमाडौं विमानस्थलबाट उड्दै गर्दा जहाजमा चरा ठोक्किएपनि पाईलटले ल्याण्ड नगरी सिधै विराटनगर लगेका थिए।

उड्नै लागेको विमानमा चरा ठोकिएपछि दाँया इन्जीनको पंखामा क्षति पुगेको छ। अहिले जहाज नै उडान गर्न नसक्ने अवस्थामा विराटनगर विमानस्थलमा ल्याण्ड गराइएको सौर्य एयरलाइन्सका विराटनगर प्रमुख प्रकाश पौडेलले बताएका छन्।

जहाजमा काठमाडौँमै चरा ठोक्किएपनि विराटनगर विमानस्थलमा अवतरण गर्नै लाग्दा कन्ट्रोल टावरले विमानमा खराबी आएको बताएपछि मात्रै विमान चालकले समस्याबारे जानकारी पाएका थिए।

२०७५ असोज १ गते १३:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर