आलिया र रणवीरको यो तस्वीर हेरेपछि नितुको प्रक्रिया…

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते १३:४६

एजेन्सी । बलिउडमा प्रेमका चर्चा चलिरहन्छ । केही यस्ता चर्चा बिहेसम्म पुगेर टुंगिन्छन् भने केही चर्चामै सिमित हुन्छन् । आजभोली पनि प्रेम नगरी बलिउडमा यस्तै एक चर्चाले निकै तरंग ल्याएको छ।

कुरा हो ऋषि नितुका छोरा सुपर स्टार रणवीर कपुर र महेश भट्टी कान्छी छोरी सुपर स्टार आलिया भट्टको प्रेमको । यी दुई आजभोली रोमान्स गरिरहेको समाचारहरु सार्वजनिक भइरहेका छन्।

आलियाले सामाजिक सञ्जालमा बेला बेला केही यस्ता तस्वीर पोस्ट गर्छिन जसबाट उनी रणवीरसँगको प्रेममा रहेको संकेत मिलिरहेको हुन्छ। यसैबीचमा आलियाले एक तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

तस्वीरमा रणवीर कपुर आलिया भट्ट र फिल्म निर्देशक अयान मुखर्जी एक रेष्टुरेष्टमा मजा गरिरहेको देख्न् सकिन्छ । यो तस्वीरसँगै आलियाले लेखेको क्याप्सनले त झन यो रोमान्सबारे थप खुलासा गरेको छ । क्याप्सनमा उनले लेखेकी छन्, ‘the one with all the joy’ ।

आलियाको यो तस्वीरलाई रणवीरकी आमा नितु सिंह कपुरले निकै मन पराएकी छन् । समाचारअनुसार रणवीर र आलियाको प्रेममा नितुको पनि सहमति छ । उनी आलियाका तस्वीरमा कमेन्ट गरिरहेकी हुन्छिन् । नितुको पनि सहमति हुनु र महेश भट्टले पनि यो विषयमा सहमति जनाएकाले आलिया र रणवीरबीच बिहे हुनेसमेत अनुमान गरिएको छ ।

यसअघि पनि रणवीरको अन्य अभिनेत्रीसँग नाम नजोडिएको भने होइन । कटरिना कैफसँग त उनी लिभिंग टु गेदर नै रहे । तर यो सम्बन्धमा नितुको सहमति थिएन । कुनै बेला रणवीर दीपिका पादुकोणसँगको सम्बन्धले पनि चर्चामा थिए ।

सो सम्बन्धलाई पनि नितुको सहमति नभएको बताइएको थियो । दीपिका रणवीर सिंहसँग बिहे गर्ने तयारीमा छिन् भने कैटको अफयरबो तत्काल कुनै चर्चा छैन ।

२०७५ असोज १ गते १३:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर