निधारबाटै पत्ता लाग्छ तपाईको भाग्य ! धनी कि ज्ञानी ?

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते १४:२१

एजेन्सी । समुद्रशास्त्र अनुसार हरेक व्यक्तिको निधारमा उसको जीवनसँग जोडिएको कुरा लेखिएको हुन्छ । धेरै ज्योतिषीहरूले निधार हेरेर नै मान्छेको भविष्यवाणी र अनेकौं रहस्य बताइदिन सक्छन् । यसमा कुनै चमत्कार छैन । तपाईं पनि यो कुरा जान्न सक्नुहुन्छ ।

जान्नुहोस् निधारबाट कसरी पत्ता लगाउन सकिन्छ भाग्य ः

समुद्रशास्त्र भगवान् शिवका छोरा कार्तिकेयले लेख्नुभएको हो । यस शास्त्रका अनुसार निधारका रेखा र बनावट हेरेर को ज्ञानी हुन्छ, को धनी हुन्छ र कसलाई आर्थिक समस्या पर्छ सबै थाहा हुन्छ ।

– निधार ठूलो हुने मान्छे बुद्धिमान् हुन्छन् । यस्ता व्यक्तिलाई धेरै विषयको जानकारी हुन्छ ।

– अगाडिपट्टि चुच्चो परेको निधार भएको व्यक्ति लोभी हुन्छ । भनाइको मतलब यस्तो व्यक्तिलाई धन बटुल्न खुबै मन लाग्छ । अर्काको धनसम्पत्ति देखेर यस्ता व्यक्तिले डाहा गर्ने गर्छन् ।

– चम्किलो र चिल्लो निधार भएको व्यक्ति प्रतिभाशाली र गुणवान हुन्छ । यस्ता व्यक्तिले आफ्नो प्रतिभा र ज्ञानबाटै धनसम्पत्ति कमाउँछन् ।

२०७५ असोज १ गते १४:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर