बेरोजगार व्यक्तिले अनलाइनमा भेटे यस्ती गर्लफ्रेण्ड, प्रत्यक्ष भेट्दा पनि सपनाझैं लाग्यो

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते १४:२७

एजेन्सी। बेलायतका एक बेरोजगार व्यक्ति एकपटक आफ्नी महिला फेसबुक साथीसँग डेटमा गए । यो यी दुईको पहिलो भेट थियो । महिलाले ती व्यक्तिलाई यतिमात्र बताएकी थिइन् कि उनी एक अफिसमा काम गर्छिन् । पछि जब ती व्यक्तिलाई महिलाको वास्तविकता थाहा भयो त्यसपछि भने उनको होस उड्यो । ती महिला कुनै साधारण महिला थिइनन् । उनी त निकै धनी महिला थिइन् जसले केही वर्ष पहिले २० अर्ब नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेकी थिइन् । यति हुँदाहुँदै पनि ती महिलाले आफ्नो धनको घमण्ड देखाइनन् ।

यो लभस्टोरी एक बेरोजगार व्यक्ति गेविन इन्स (४५) र उनकी गर्लफ्रेण्ड गिलियन इन्च (४६) को हो । फेसबुकबा भएको कुरापछि उनीहरुले प्रत्यक्ष भेटेका थिए । सुरुवाती च्याटमा उनीहरुले हाँसोमजाकका साथै आफ्ना छोराछोरीको फेटोसमेत आदानप्रदान गरेका थिए । दुई बच्चाका पिता गेविनले भने कि सुरुमा उनलाई पटक्कै लागेको थिएन कि उनी यति धनी थियन् । उनलाई त महिलाले आफूले सामान्य अफिसमा काम गर्ने बताएकी थिइन् । तर, पछि उनी गेविनलाई लिन आफ्नो महंगो कारमा गेविनको दुइ बेडवाला घरसम्म आइन् ।

केही हप्तापछि भएको दोस्रो डेटमा मात्र ती महिलाले गेविनलाई आफ्नो सम्पत्तिबारे बताएकी थिइन् । यो जोडीको भेट फेसबुकमा बनेको एक स्कुलको रियुनियन ग्रुपमा भएको थियो । पहिलो पटक महिला मेविनलाई भेट्न पोर्शे कारमा आइन् जसलाई देखेर आसपासका मानिसहरु चकित थिए । गेविनका अनुसार अरबपति भएर पनि गिलियन एक्ली थिइन् । सम्बनधमा रहँदा गिलियन आफ्नो महंगो घमा बस्नुभएना गेविनको घरमा केक बनाउन मन पराउँथिन् ।

२०७५ असोज १ गते १४:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर