यसरी चम्किन्छ भाग्य, जब खेत खन्दा भेटियो यस्तो चम्किलो चीज

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते १४:३२

एजेन्सी। मध्य प्रदेशमा एक किसानको भाग्य त्यतिबेला चम्कियो जतिबेला खेत खन्दै गरेको अवस्थामा एक चम्किलो चीज फेला पारे। ती किसानले उक्त चम्किलो चीजलाई घर लिएर गए, घर पुग्दा उक्त चम्किलो चीज हिरा भएको थाहा भयो। उक्त हिरा खनिज विभागमा देखाइयो। विशेषज्ञले उक्त हिरा १२ क्यारेट, ५८ सेन्ट भएको पुष्टि गरे। उक्त हिराको मूल्य ३० लाख पर्छ।

जिल्ला खनिज एवं हिरा अधिकारी सन्तोष सिंहका अनुसार प्रकाश कुमार शर्मा नाम गरेका किसानले हिरा खेतमा भेट्टाएका थिए। प्रकाश कुमारले यो हिरा जम्मा गराएका छन् र अब यसको लिलामी गरिने भारतीय संचारमाध्यमले जनाएका छन्। लिलामीबाट आएको पैसामध्ये १२ प्रतिशत रोयल्टी र अन्य कर काटेर बाँकी रहेको पैसा किसान प्रकाश कुमार शर्मालाई दिइने छ।

आफ्नो दुई छाकको रोटी टार्न दिनरात मेहनत गर्ने किसान रातारात लखपति भएका छन्। मध्य प्रदेशको पन्ना यस्तो जिल्ला हो जहाँ सुन र हिसा भेटिन्छ। जानकारीका अनुसार मध्य प्रदेशको कटनीमा एउटा सुनको पहाड छ। जहाँ मानिसहरु गोप्य रुपमा सुन खोज्छन्। करिव डेढ दशक पहिला मानिसहरुले यो पहाडबाट ठूलो परिणाममा सुन लुट्ने प्रयास गरेका थिए। त्यतिबेला उक्त पहाडको सुरक्षाकालागि सेना तैनाथ गरिएको थियो।

२०७५ असोज १ गते १४:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर