भारतीय भन्दा धेरै बाँच्छन् नेपाली : प्रतिवेदन

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते ०:५६

बीबीसी । प्रतिव्यक्ति कुल राष्ट्रिय आय नेपाल भन्दा निकै बढी भएको भारतमा औषत आयु भने कम देखिएको छ।

नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिन्छ। अनि श्रम बजारमा सक्रिय महिलाको सङ्ख्यामा त भारत नेपालभन्दा धेरै पछाडि देखिन्छ।

गत शुक्रवार सार्वजनिक महत्त्वपूर्ण मानिएको मानव विकासको प्रतिवेदन हेर्दा यस्तै विवरण भेटिन्छन्। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल मध्यमखाले मानव विकास भएको मुलुकमा परेको छ।

तर त्यस सूचकको एउटा आधार मानिएको औसत आयुमा नेपाल दक्षिण एशियाका कतिपय छिमेकी मुलुकहरूको तुलनामा अगाडि देखिन्छ।नेपालभन्दा झन्डै तीनगुणा बढी प्रतिव्यक्ति औसत राष्ट्रिय आय भएको दक्षिणी छिमेकी भारतका नागरिकको औसत आयु नेपालीको तुलनामा कम छ।

प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७०.६ वर्ष छ भने भारतीयको ६८.८ वर्ष मात्र। आय वृद्धि हुँदैमा मानव विकासमा स्वचालित लगानी नहुने रहेछ। त्यसका लागि राज्यले नै लाग्नुपर्‍यो, आय वृद्धि भएको ठूलो अंश चाहिँ मानव विकासका क्षेत्रहरूमा पनि लगानी गर्नुपर्दछ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्याक्ष स्वर्णिम वाग्ले नेपालीको ‍औसत आयु तुलनात्मक रूपमा भारतको भन्दा राम्रो हुनुमा करिब अढाई दशकदेखि नेपालले शिक्षा र स्वास्थ्यमा बढाउँदै गएको लगानी मुख्य कारण भएको बताउँछन्।

उनी आय बढी हुँदैमा कुनै पनि मुलुकका जनताको आयु बढ्न नसक्ने दाबी गर्छन्। आय वृद्धि हुँदैमा मानव विकासमा स्वचालित लगानी नहुने रहेछ। त्यसका लागि राज्यले नै लाग्नुपर्‍यो, उनले भने, आय वृद्धि भएको ठूलो अंश चाहिँ मानव विकासका क्षेत्रहरूमा पनि लगानी गर्नुपर्दछ।

कम आय भएका मुलुकले पनि सचेत भएर मानव विकासका क्षेत्रमा लगानी गरे भने आयका तुलनामा मानव विकासको सूचकमा उनीहरूले राम्रो गर्न सक्ने उनको दाबी छ।

२०७५ असोज २ गते ०:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर