बेलायत सहमतिबिनै ईयूबाट बाहिरिए ठूलो मूल्य चुकाउनुपर्ने आईएमफको चेतावनी

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १:३७

बीबीसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले विश्व व्यापार संगठनको प्रावधान अनुसार ब्रेक्जिट सहमति हुन नसके ब्रिटेनको अर्थतन्त्रले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।

अलग्गिएका सबै सम्भावित परिस्थितिमा ब्रिटेनले मूल्य चुकाउनुपर्ने भए पनि अव्यवस्थित तरिकाले ईयूबाट बाहिरिए त्यसको नकारात्मक परिणाम आउनसक्ने आईएमफले बताएको छ। चुनौतीहरू भएको भन्दै सहमतिका लागि सम्भावना पनि कम पनि उसले जनाएको छ।

यूरोपेली संघ (ईयू) बाट ब्रिटेन ‍ बाहिरिने (ब्रेक्जिट) सम्बन्धी विस्तृत सम्झौता भए सन् २०१८ र २०१९ दुवै वर्षमा ब्रिटेनको अर्थतन्त्रमा १ दशमलव पाँच प्रतिशतले वृद्धि हुने आईएमफले आकलन गरेको छ। ब्रिटेनको अर्थतन्त्रसम्बन्धी आईएमफले गरेको पछिल्लो वार्षिक आकलनका क्रममा त्यस्तो बताइएको हो।

लण्डनमा एउटा पत्रकार सम्मेलनमा आईएमफकी प्रमुख क्रिस्टिन लगार्डले यी आकलनहरूसँगै समयमा नै ईयूसँग ब्रिटेनले बृहत् व्यापारिक सम्झौता गर्ने तथा तुलनात्मक रुपमा व्यवस्थित ब्रेक्जिट प्रक्रिया थालिने ठानिएको बताइन्।

तर सहमति नभए युरोपेली संघका राष्ट्रहरूको अर्थतन्त्रलाई ब्रिटेनको तुलनामा कमै असर पर्ने आईएमफले बताएको छ। ब्रिटेन ‍औपचारिक रूपमा बाहिरियो भने केही सकारात्मक हुन्छ त भन्ने प्रश्नमा उनले सम्भावित नकारात्मक विषयहरूको लामो सूची दोहोराइन्।

आफू आशावादी व्यक्ति भएको बताउँदै सम्झौता हुने अपेक्षा पनि उनले गरिन्। ब्रिटेनका अर्थमन्त्रीले आईएमफबाट आउने सबै स्पष्ट चेतावनीहरू ब्रिटेनको सरकारले सुन्नुपर्ने बताएका छन्।

ईयुबाट ब्रिटेन ‌औपचारिक रूपमा बाहिरिनका लागि ब्रेक्जिटसम्बन्धी सम्झौताको धेरैजसो हिस्सामा सहमति भइसकेको छ। संक्रमणकालीन अवधि ब्रिटेन ‌औपचारिक रूपमा ईयूबाट बाहिरिने मिति सन् २०१९ को मार्च २९ बाट शुरू हुनेछ।

सो अवधि ईयु-ब्रिटेनबीचको भावी दिनमा बन्ने स्थायी सम्बन्धको मार्ग सहज गर्नेतर्फ लक्षित छ।

२०७५ असोज २ गते १:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर