दुर्घटनामा स्कुटर चालकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते २:५९

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ।

गैँडाकोट-२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते रानाको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

बेपत्ता मृत फेला

गत भदौ २९ गतेदेखि बेपत्ता पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का ४० वर्षीया धर्वेन्द्रप्रसाद गुप्ता सोमबार मृत फेला परेका छन्। उनी नारायणी नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि चोरमारा स्वाथ्यचौकीमा राखिएको छ। रासस

२०७५ असोज २ गते २:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर