लागूऔषधसहित तीन पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते ३:५०

दमौली । प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

तीनै जनालाई व्याँस नगरपालिका–१२ घाँसीकुवामा लागूऔषध बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट डाइजेपाम १०० थान, नुफिन १०० थान र फेनरागन १०० थान बरामद गरेको छ।

२०७५ असोज २ गते ३:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर