अमेरिका र चीन आमने सामने, चिनियाँ वस्तुमाथि २०० अर्ब डलरको नयाँ कर

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते ४:१५

बीबीसी। चीनसँगको व्यापार युद्धलाई एक कदम थप अगाडि बढाउँदै अमेरिकाले फेरि २०० अर्ब डलर चिनियाँ उत्पादनमाथि नयाँ कर लगाएको छ। यो आयात शुल्क ५ हजार भन्दा धेरै वस्तुमा लागू हुने बीबीसीले जनाएको छ। अमेरिकाले यसअघि पनि चिनियाँ सामानमाथि आयात शुल्क लगाइसकेको छ। तर, एकै पटक यतिधेरै बस्तुमा लगाएको आयात शुल्क पहिलो पटक हो।

ह्याण्डब्याग, चामल तथा कपडामा नयाँ शुल्क लगाइको छ। तर केही वस्तु जस्तै स्मार्ट घडी र प्ले पेनलाई यो लिस्टमा सामेल गराइएको छैन। यद्यपी यी वस्तुमाथि पनि कर लगाउने संभावना रहेको बताइएको छ।

यसअघि अमेरिकाले काठबाट बनेका फर्निचरमा आयात शुल्क लगाएको थिएन। तर यो पटक यस्ता फर्निचरमाथि पनि आयात शुल्क लगाइएको छ। यसको असर चीनसँगै अमेरिकी फर्निचर बजारमा पनि पर्ने बताइएको छ।

चीनले अमेरिकाले आयात शुल्क लगाएपछि त्यसको जवाफी कारवाही गर्ने चेतावनी दिएको छ। यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङले अमेरिकाले नयाँ शुल्क लगायो भने चीन पनि आफ्नो हितको रक्षा गर्न बाध्य हुने चेतावनी दिएका थिए। ‘व्यापार युद्धबाट कसैलाई पनि फाइदा हुँदैन। व्यापार युद्धलाई वार्ताका माध्यमबाट सुल्झाउनु पर्छ,’ उनले भनेका थिए।

नयाँ आयात शुल्क यही महिनाको २४ तारिखबाट लागू हुँदैछ। जसको सुरुवात १० प्रतिशतबाट हुन्छ। तर, आगामी वर्ष यो बढेर २५ प्रतिशतसम्म पुग्ने बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आयात शुल्क चीनको ‘व्यापार गर्ने अनुचित तरिकाको जवाफमा’ भएको बताएका छन्। दुवै देशले पहिला नै एक अकामाथि ५०० अर्ब डलरका सामानमा शुल्क लगाइसकेका छन्। जसको असर अन्तर्राष्ट्रिय बजारमा समेत परेको छ।

ट्रम्पले यदि चीनले यसको जवाफमा कुनै कदम चालेमा दोस्रो चरणमा आयात शुल्क लगाउने दिशामा झन अगाडि बढ्ने र २६७ अर्ब डलर बराबरको चिनियाँ उत्पादनाम शुल्क लगाउने चेतावनी दिएका छन्। २६७ अर्ब डलरका चिनियाँ उत्पादनमा शुल्क लगाउनुको अर्थ चीनबाट आयात हुने सबै उत्पादनमा करका दायरामा आउनु हो।

२०७५ असोज २ गते ४:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर