आज अमेरिकी डलरको भाउ ह्वात्तै बढ्यो

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते ५:१४

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ। आइतबार र सोमबारको तुलनामा आज अमेरिकी डलरको भाउ १ रुपैयाँ ६ पैसाले बढेको हो।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक यूएस डलरको खरिददर मूल्य १ सय १५ रुपैयाँ ७२ पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ ३२ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ११ पैसा छ। एक यूके पाउण्डको खरिददर १५१ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर १५२ रुपैयाँ ४९ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ७८ पैसा र विक्रिदर ३१ रुपैयाँ ९५ पैसा छ। एक युएई दिर्हामको खरिददर ३१ रुपैयाँ ५१ पैसा र विक्रिदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

 

२०७५ असोज २ गते ५:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर