उडिरहेको विमानमा ब्वाइफ्रेण्डले प्रपोज गर्दा गयो एयरहोस्टेसको जागिर

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते ६:०७

एजेन्सी। चीनमा एक युवककी गर्लफ्रेण्ड एयरहोस्टेस थिइन्। गर्लफ्रेण्डलाई प्रपोज गर्नको लागि ती युवक त्यही विमानमा यात्रुको रुपमा चढे जुन विमानमा उनकी गर्लफ्रेण्डले माक गर्थिन्। विमान टेक अफ गरेको आधा घण्टापछि युवकले उडिरहेको विमानमा गर्लफ्रेण्डलाई प्रपोज गरे। यर, उनले यसरी प्रपोज गर्दा उनकी गर्लफ्रेण्डले भने ठूलो मूल्य चुकाउनुपरेको छ।

उडिरहेको विमानमा आफ्ना ब्वाइफ्रेण्डले गरेको विवाहको प्रस्ताव स्वीकार गर्दा ती एयरहोस्टेसको जागिर नै गएको छ । चाइना इस्टर्न एयरलाइन्समा यात्रा गरिरेकी एयरहोस्टेसलाई त्यही विमानमा यात्रुको रुपमा आएका ब्वाइफ्रेण्डले घुँडाले टेकेर विवाहको प्रस्तान गरेपछि ती एयरहोस्टेसले इन्कार गर्न सकिनन् र प्रस्ताव स्वीकार गरिन् ।

खबर बाहिरिएपछि भने विमान कम्पनीले कडा कदम चाल्दै एयरहोस्टेसलाई जागिरबाट निकालिदिएको छ । कम्पनीले १० सेप्टेम्बरका दिन एयरहोस्टेसलाई जागिरबाट निकाल्ने निर्णय गरेको हो । एशिया वनको रिपोर्टअनुसार विमानले उडान भरेको ३० मिनेटपछि नै युवकले गर्लफ्रेण्डलाई प्रपोज गरेका थिए । एयरलाइन्सका अनुसार यो यात्रुको सुरक्षाप्रति लापरवाही हो । यही कारण उनलाई जागिरबाट निकालिएको हो ।

२०७५ असोज २ गते ६:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर