बलात्कार गर्न लागेका अपराधीको दिमागमा चल्छन् यस्ता कुरा

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते ६:२८

काठमाडौं। बलात्कारका घटना घटाउनको लागि मान्छेको सोचाइमा परिवर्तन गर्नुपर्ने भन्दै विभिन्न सोच परिवर्तनका कार्यक्रमहरु गरिए पनि बलात्कारका घटना हाम्रो समाजमा अझैसम्म पनि कम हुन सकेका छैनन् । बलात्कारका घटना कसरी घटाउन सकिन्छ भन्ने विषयमा निरन्तर खोज तथा अनुसन्धान पनि भइरहेका छन् ।

यही क्रममा बेलायतमा गरिएको एउटा अनुसन्धानले बलात्कारीको सोचाइको विषयमा विभिन्न तथ्यहरु पत्ता लगाएका छन् । बेलायतको एंजिल रस्किन युनिभर्सिटीकी एक शोधार्थी मधुमिता पाण्डेयले आफ्नो शोधको लागि गरेको अध्ययनको नतिजा सार्वजनिक गरेकी छिन् । अपराध विज्ञानकी विद्यार्थी मधुमिताले जेलमा सजाय काटिरहेका बलात्कारीहरुसँग गरेको कुराकानीका आधारमा यो अध्ययनको नतिजा तयार पारेकी हुन्।

अध्ययनका अनुसार अधिकांश बलात्कारीहरुको मनमा आफ्नो अपराधप्रति आत्मग्लानी थिएन । उनीहरुमध्ये अधिकांश अशिक्षित र असामाजिक थिए । उनीहरुको लागि महिला मात्र भोगको वस्तु थिए । उनीहरुको सोच थियो – महिलाहरु मात्र मनोरञ्जनका साधन हुन् । उनीहरुको भोग गरेर फलिदिनुपर्छ । यस्ता अवराधीहरु अपराध गरिसकेपछि अरुको मनमा आफूप्रति दयाको भावना पैदा गर्न खोज्छन् उनीहरु आफैंलाई अरुको अगाडि बिचरा देखाउन खोज्छन् । हाम्रो समाजमा यौनको शिक्षा नहुनु यसको मुख्य कारण हो । हाम्रो समाजमा यौनम्बन्धी कुराहरु खुलेर गरिख्दैन जसका कारण बढी उत्सुकता भएपछि बलात्कारका घटना बढिरहेका छन्।

२०७५ असोज २ गते ६:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर