दुई महिनामा मात्रै एक सय २० अर्ब राजस्व संकलन

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १०:१०

काठमाडौं। सरकारले साउन र भदौ महिनामा मात्रै एक सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको छ। सरकारले गत वर्षको तुलनामा असार र साउन महिनामा मात्रै ३७ प्रतिशत बढी १ सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको हो। मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. युवराज खतिवडाले दुई महिनामा गत वर्षको भन्दा ३७ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिएका हुन्।

उनले राजस्व संकलनका लागि सरकारले करको दायरा बढाउने नीति लिएको जनाए। करको दायरा बढाउने र करमैत्री कार्यालयको स्थापना गरेर राजस्व संकलनको कामलाई सहज बनाउने काम सरकारले गरिरहेको अर्थमन्त्री खतिवडाको दावी छ। सरकारले कर असुलीलाई सहज बनाउन ११ वटा थप कर कार्यालय नै स्थापना गरेको छ।

अर्थमन्त्री खतिवडाले स्थानीय तहमा देखिएको करसम्बन्धि समस्या समाधान हुँदै गएको दावी गरे। उनले घरजग्गामा लगाइएको कर घटाउन लागिएको पनि जानकारी दिए। ‘केही नेपाल ऐन’ संशोधन गरेर घरजग्गामा लगाइएको करको दर घटाउने अर्थमन्त्री खतिवडाको योजना छ ।

अर्थमन्त्री खतिवडाले कानुन विपरित कर नलिन आवश्यक व्यवस्था गरिएको जनाए। अर्थमन्त्री खतिवडाले अमेरिकी डलरको तुलनामा अन्य देशको मुद्राको अवमूल्यन भएपनि नेपाललाई त्यसले तत्काल असर नपार्ने दावी पनि गरे।

२०७५ असोज २ गते १०:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर