२० वर्षपछि ऋषि कपूर र जूही चावलाको जोडी फेरि एकसाथ पर्दामा देखिदै

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १०:५०

एजेन्सी । २० वर्षपछि बलिउड अभिनेता ऋषि कपूर र अभिनेत्री जूही चावलाको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ ।

सोमवार सोसल मिडियाबाट यसको जानकारी गराइएको छ । यो जोडीलाई पछिल्लो पटक १९९६ मा फिल्म ‘दरार’ मा देखिएको थियो । जूही चावलाले सोसल मिडियामा यस फिल्मको स्टारकास्टको एक तश्बिर शेयर गरेकी छन् ।

उनका अनुसार, फिल्मको छायांकन चाँडै सुरु हुनेछ । ठूलो पर्दामा ऋषि कपूर र जूहीको जोडी सुपरहिट रहेको थियो । यो कपलले ‘बोल राधा बोल’, ‘ईना मीना डीका’ र ‘साजन का घर’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

मेकर्सबाट प्राप्त जानकारी अनुसार, फिल्मको अहिलेसम्म नाम तय भइसकेको छैन । यसको निर्माण सोनी पिक्चर्स इन्टरनेशनल प्रोडक्शंस इन इन्डिया र र म्याकगुफिन पिक्चर्सले गर्नेछ ।

दिल्लीको पृष्ठभूमि भएको यस फिल्मलाई हितेष भाटियाले निर्देशन गर्नेछन् । भाटिया र सुप्रतिक सेनले अहिले फिल्मको कहानी लेखिरहेका छन् ।

२०७५ असोज २ गते १०:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर