विषालु मदिरा सेवन गर्दा मलेसियामा ४ नेपालीको मृत्यु, १३ जना नेपाली गम्भीर बिरामी

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते ११:१५

काठमाडौं। मलेसियामा विषालु मदिरा सेवन गर्दा ४ जना नेपालीको मृत्यु भएको छ । १३ जना नेपाली गम्भीर बिरामी भएपछि विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएको बताइएको छ । मृत्यु हुनेमा ४ नेपालीसँगै ७ जना छन् । ७ जनामध्ये ६ जना पुरुष विदेशी भएको र एक महिला मलेसियन भएको समाचार संस्था ‘द स्टार’ले जनाएको छ ।

मलेसियामा कार्यरत पाल्पाका रामचन्द्र नेपालका अनुसार सुरक्षा अधिकारीहरुले मृतक र बिरामीहरुको पहिचान खुलाएका छैनन् । अनुसन्धानको क्रममा रहेकोले पीडितहरुको पहिचान नखुलाइएको उनले बताए । प्रहरीको आवश्यक प्रक्रिया पूरा हुनासाथ बाँकी प्रक्रिया पनि सुरु गरिने बताइएको छ ।

शिलाङगोर पुलिसमा प्रमुख दातुक मजलान मन्सुरका अनुसार मृत्यु हुनेमा ४ नेपाली, एक मलेसियन, एक भारतीय र एक बंगलादेशी छन् । १६ जना अन्य अस्पतालमा उपचारको लागि भर्ना भएका छन् । अस्पताल भर्ना भएका बिरामीमध्ये १३ जना नेपाली छन् । बिरामीमध्ये २ बंगलादेशी छन् । मेजलानले आफूहरु अगाडिको अनुसन्धानको लागि पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा रहेको बताएका छन् ।

बिरामीहरुलाई सुन्गाइ बुलोह अस्पताल, क्वालालम्पुर अस्पताल, बाीनटङ अस्पताल, क्लाङ्ग अस्पताल र आम्पाङ्ग अस्पतालमा उपचारको लागि भर्ना गरिएको बताइएको छ । प्रहरीले मदिरा बहाँबाट ल्याइएको थियो भन्ने खोजी गरिरहेको छ ।

२०७५ असोज २ गते ११:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर